बिर्तामोड नगर अस्पतालबाट निशुल्क दैनिक ३ सय बढीले स्वास्थ्य सेवा लिँदै


१९ मंसिर २०८०, मंगलवार १७:२५ मा प्रकाशित

बिर्तामोड । बिर्तामोड नगर अस्पतालमा निशुल्क नर्मल डेलिभरी प्रसूतीसेवा लिनेको संख्या २४ पुगेको छ ।

अस्पतालमा असार ३ गते आइतबार देखि २४ सै घण्टा नर्मल डेलिभरी सेवा सुरु भएपछि लाभ लिनेको संख्या २४ जना पुगेको हो ।

अस्पतालले बालरोग विशेषज्ञ सेवा थप गरेसंगै नर्मल डेलिभरी प्रसूतीसेवालाई समेत अघि बढाएको थियो ।
नगर अस्पतालमा प्रसुती हुनेहरुको लागि मायाकोे झोलासमेत प्रदान गरिदै आएको छ ।

झोेलामा वच्चाको भोटो, टोपी, दौरा सुरुवाल दुई दुई थान, युरिन म्याट र आमालाई लुगा ,म्याक्सी एक एक थान उपलव्ध हुन्छ ।

नगर अस्पतालले प्रसुती सेवा लिनेहरुलाई १ हजार र सरकारी अस्पताल वा स्वास्थ्य केन्द्रमा नियमित गर्भवती जाँच एएनसी गराउनेहरुको लागि ८ सय रुपैयाँ थप गरि १८ सय रुपैयाँ नगद पनि प्रदान गर्दै आएको मेडिकल सुपरीटेन्डेन्ट डाक्टर सुनिल अधिकारीले जानकारी दिनु भयो


अस्पतालले स्त्री तथा प्रसुती रोग विशेषज्ञ, बालरोग विशेषज्ञ, मानसिक, नसा तथा टाउको रोग विशेषज्ञ, एमडीजिपी, मेडिकल अधिकृत, ल्याव टेक्नोलोजिष्ट राखेर सेवा प्रवाह गर्दै आएको छ ।
अस्पतालमा हाल दैनिक २४ सै घण्टा निशुल्क नर्मल डेलिभरी, स्वास्थ्य विमा सेवासंगै सहुलियत दरमा एक्सरे, भिडियो एक्सरे र इसीजी, गर्भवती जाँच, परिवार नियोजन, अत्याधुनिक प्रविधि सहितको प्रयोगशाला ल्याव, वच्चाहरुको नियमित खोप, रेबिज विरुद्वको खोप लगायतका सेवा उपलव्ध गराउँदै आएको छ ।
हाल दैनिक ३ सय जना भन्दा बढीले विभिन्न प्रकारका स्वास्थ्य सेवा लिँदै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here