भारत र पाकिस्तानलाई हराउँदै सेमिफाइनलमा पुग्छौं– यु–१९ नेपाली क्रिकेट टोली


१९ मंसिर २०८०, मंगलवार १७:३० मा प्रकाशित

नेपालको युवा टोलीले आगामी मंसिर २२ गतेदेखि शुरु हुने एसिसि यु–१९ एशिया कपको सेमिफाइनलमा पुग्ने लक्ष्य राखेको छ ।

नेपाली यु–१९ क्रिकेट टोलीका कप्तान देव खनालले मंगलवार एक कार्यक्रममा टेस्ट राष्ट्रलाई हराउँदै समूहचरण पार गर्ने बताएका छन् ।

आगामी शुक्रवारदेखि शुरु हुने एशिया कपमा नेपाल बलिया राष्ट्र भारत र पाकिस्तान रहेको समूह ‘ए’ मा छ । तर पनि नेपाली टोली यो समूहबाट सेमिफाइनलमा पुग्ने आशा गरेको छ । समूह ए मा नेपाल, भारत, पाकिस्तान र अफगानिस्तान छन् ।

नेपाली युवा टोलीका कप्तान देव खनालले यसअघि पनि नेपालले भारतको यु–१९ टोलीलाई हराएको स्मरण गर्दै आफूहरू पनि त्यो इतिहास दोहो¥याउन आतुर रहेको बताउनु भयो । उहाँले सिनियर टोलीले पनि राम्रो गरिहेको र आफूहरु पनि एक एक खेलमा ध्यान दिएर अगाडि बढ्ने बताउनु भयो ।

भारत र पाकिस्तानबिरुद्ध राम्रो रन बनाउनु वा विकेट लिनु भनेका सबै यु–१९ टोलीका लागि राम्रो अवसर पनि रहेको कप्तान खनालले धारणा राख्नुभयो । त्यसैले सबै जना यो समूहमा राम्रो नतिजासँगै राष्ट्रिय टोलीको यात्रा बनाउन पनि आतुर रहेको बताउनु भयो ।

यु–१९ एशिया कपमा मंसिर २२ देखि पुष एक गतेसम्म संयुक्त अरब इमिरेट्स(युएई) मा शुरु हुँदैछ ।यो एशिया कपको अर्को समूह ‘बी’ मा बंगलादेश, श्रीलंका, जापान र युएइ छ । त्यसैले समूह ‘बी’ को तुलनामा समूह ‘ए’ नेपालजस्तो एसोसिएट राष्ट्रका लागि निकै चुनौतिपूर्ण हो ।

यु–१९ एसिया कपको आठ पटक विजेता भारत र एक पटक विजेता पाकिस्तान एकै समूहमा रहेकाले नेपालका लागि चुनौतिपूर्ण रहनेछ । यद्यपि, यो उमेर समूहमा भारतलाई हराएको इतिहास रहेकाले पनि नेपाली युवा टोली उच्च आत्मवलका साथ एशिया कपको यात्रा थाल्दैछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here