रिक्त राष्ट्रिय सभा सदस्य पदको लागि आगामी माघ ११ गते निर्वाचन गर्ने सरकारको निणर्य


१३ मंसिर २०८०, बुधबार १२:३७ मा प्रकाशित

काठमाडौँ । सरकारले रिक्त राष्ट्रिय सभा सदस्य पदको लागि आगामी माघ ११ गते निर्वाचन गर्ने निणर्य गरेको छ ।

बुधवार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त राष्ट्रिय सभा सदस्य पदको लागि माघ ११ गते निर्वाचन गर्ने निणर्य गरेको हो ।

निर्वाचन आयोगको परामर्श बमोजिम सो दिन निर्वाचन गर्ने निणर्य गरिएको सञ्चार तथा सुचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

त्यसैगरी बैठकले नेपाल इन्जिनियरिङ सेवातर्फ रिक्त सचिव पदमा सरिता दवाडीलाई बढुवा गर्ने निणर्य गरेको पनि उहाँले बताउनु भयो ।

बैठकले भुकम्प प्रभावित जिल्ला जाजरकोटमा अस्थायी आवास निर्माण गर्ने काममा जिल्ला सुरक्षा समितिको सिफारिसको आधारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई खटाउने निणर्य गरेको मन्त्री शर्माले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here