विश्वकप अफ्रिका छनोटः जिम्बाब्वेले निकाल्यो पहिलो जित


८ मंसिर २०८०, शुक्रबार ०७:२६ मा प्रकाशित

काठमाडौं । अर्को वर्ष वेस्टइन्डिज र अमेरिकमा संयुक्तरुपमा आयोजना हुन लागेको आइसीसी टी २० विश्वकप क्रिकेटका लागि अफ्रिका छनोटमा जिम्बाब्वेले पहिलो जित निकालेको छ ।

नामेवियामा जारी छनोट प्रतियोगितामा बिहीबार जिम्बाब्वेले तान्जेनियालाई ९ विकेटले पराजित गर्दै छनोट प्रतियोगितामा २ अंक बनाएको छ । ७ टिमले सहभागीता जनाएको छनोट प्रतियोगिताको तालिकामा जिम्बाबे चौथो स्थानमा रहेको छ । शीर्ष २ टिमले अर्को वर्षको टी २० विश्वकपमा स्थान पक्का गर्ने छन् ।

बिहीबार भएको खेलमा तान्जेनियाले दिएको ९७ रनको सामान्य लक्ष्य जिम्बाबेले १०.४ ओभरमा मात्र १ विकेट गुमाएर पूरा गरेको थियो । जिम्बाब्वेलाई जित दिलाउनका लागि । तदिवानाशे मरुमणिले ३९ तथा सिनि विलियम्सले ३६ रनको नटआउट पारि खेले । यसैगरी इनोसेन्ट कैयाले २१ रन जोडेका थिए । जिम्बाब्वेले गुमाएको १ मात्र विकेट तान्जेनियाका सन्जयकुमार ठाकोरको नाउँमा रह्यो ।

त्यसअघि पहिला ब्याटिङ गरेको तान्जेनियाले निर्धारित ओभरमा ९ विकेट गुमाएर ९६ रन बनाएको थियो । उसका लागि एले केमोटले २४ तथा भिक पटवाले १८ र एले किमोटले १६ रन जोडेका थिए । अरुको स्कोर सम्झन लायक थिएन । तान्जेनियालाई कम रनमा रोक्ने क्रममा जिम्बाब्वेका स्टार खेलाडी सिकन्दर राजा र रिचगार्ड नगर्भाले समान ३–३ विकटे लिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here