सिंहदरबारको पूर्वी गेट छेउको पर्खाल भत्कियो


२७ असार २०७६, शुक्रबार १२:५९ मा प्रकाशित

काठमाडौं । भारी वर्षाका कारण सिंहदरबारको पूर्वी गेट छेउको पर्खाल भत्किएको छ ।

नेपालको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार पूर्व पट्टिको उक्त गेट आज विहान ढलेको हो । पर्खाल ढलेपछि केही समय यातायात आवतजावतमा समस्या परेको थियो ।

अहिले पर्खाल ढलेपछि थुप्रिएको इँटा, माटो पन्छाउने काम भइरहेको महानगरीय प्रहरी परिसर सिंहदरबारले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here