काठमाडौ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विधेयक पारित गर्नका लागि मन्त्रीहरुमा गम्भिरता नदेखिएको बताउनुभएको छ ।
अध्यक्ष तिमिल्सिनाले विधेयक पारित गर्नका लागि सम्बन्धित मन्त्रालयका मन्त्रिहरुले गम्भिरता नदेखाएका बताउनुभएको हो । उहाँले मन्त्रीहरुले विधेयक ल्याउनका लागि नै चासो नदेखाएका बताउनु भयो ।
त्यस्तै संसद र समितिमा विधेयकको सम्बन्धमा छलफल भइरहँदा पनि मन्त्री अनुपस्थित हुने गरेको भन्दै उहाँले यसबाट मन्त्रीहरुमा विधेयकप्रति कुनै गम्भिरता नभएको स्पष्ट हुने बताउनु भयो ।
उहाँले संसदमा विधेयकको सम्बन्धमा छलफल भइरहँदा पनि मन्त्रीहरु अन्य काममा हिँड्ने गरेका बताउनु भयो । मन्त्रीहरुले आफ्नो विधेयक कहाँ पुग्यो भनेर सोधखोज समेत नगर्ने गरेको उहाँको भनाई छ ।