झापा । नेपाल प्रहरीका प्रहरी उपरीक्षकले चलाएको स्करपियो गाडीको ठक्करबाट झापामा एक मोटरसाइकल चालकको ज्यान गएको छ ।
पूर्वपश्चिम राजमार्गको झापा कन्काइ नगरपालिका–८ मा शुक्रबार राति नेपाल प्रहरीका एसपी भीमबहादुर दाहालले चलाएको गाडीको ठक्करले कमल गाउँपालिका–६ का मोटरसाइकल चालक १८ वर्षीय अनिल मर्डीको मृत्यु भएको हो ।
धरानस्थित संघीय प्रदेश प्रहरी कार्यालयमा कार्यरत दाहालले चलाएको मे १ च ७८३९ नम्बरको स्कोरपियो मर्डीले चलाएको मे १० प १६६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ठक्करपछि सिकिस्त घाइते भएका मर्डीलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएको थियो ।
त्यहाँ पुर्याएको केही बेरमा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।