झापा । चलचित्र पत्रकार संघ नेपालले झापामा आफ्नो शाखा विस्तार गरेको छ । शुक्रबार बिर्तामोडमा एक कार्यक्रमकाबीच संघको झापा शाखा गठन भएको हो ।
६ महिनासम्मका लागि पत्रकार रमेश तिवारीको अध्यक्षतामा संघको झापा शाखाको १५ सदस्यीय तदर्थ समिति गठन भएको हो ।
समितिको उपाध्यक्षमा समिर सुवेदी, सचिवमा एकराज प्रधान, सहसचिवमा सुरज प्रधान र कोषाध्यक्षमा शुभला तामाङ चयन भएका छन् ।
सदस्यमा सन्तोष न्यौपाने, उद्धव पुरी, निराजन निरौला, सुनिता तामाङ, अस्मिता साखी, दिपेन भेटवाल, रविकिरण वान्तवा, सन्तोष शर्मा, अभिषेक धमला र नगेन्द्र नेपाल सर्वसम्मत् चयन भएका छन् ।
संघका कोशी प्रदेश समितिका अध्यक्ष नरेन्द्र बस्नेतको अध्यक्षतामा भएको भेलामा संघको केन्द्रिय अध्यक्ष समिर बलामीको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष बलामी, नेपाल पत्रकार महासंघ झापा शाखा अध्यक्ष एकराज गिरी, संघका केन्द्रिय सदस्य मिजास पोखरेललगायतले शुभकामना मन्तव्य राखेका थिए ।
नयाँ गठित समितिलाई संघका केन्द्रिय अध्यक्ष बलामीले सपथ ग्रहण गराएका थिए ।
कार्यक्रममा संघका केन्द्रीय उपाध्यक्ष कुवेर गिरी, महासचिव रघुनाथ सापकोटा, केन्द्रिय सदस्य कुमार आचार्यलगायतको उपस्थिति रहेको थियो ।
संघको विधानबमोजिम समितिले ६ महिना भित्रमा साधारणसभा गर्नु पर्नेछ ।