विराटनगर, मुलपानी र भरतपुर क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाउने सरकारको निर्णय


२३ कार्तिक २०८०, बिहीबार १४:५३ मा प्रकाशित

काठमाडौँ । सरकारले विराटनगर, मुलपानी र भरतपुर क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाउने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले क्रिकेटमा नेपाली खेलाडीहरुले गरेको राम्रो प्रदर्शनको गम्भीरतापूर्वक छलफल गरी मोरङको विराटनगर, काठमाडौंको मूलपानी र चितवनको भरतपुर क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाउने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘विराटनगर, मूलपानी र चितवनको भरतपुर क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाउने भन्ने निर्णय भएको छ । अहिले क्रिकेटमा नेपाली खेलाडीले गरेको राम्रो प्रदर्शनका विषयमा गम्भीरतापूर्वक छलफल भएको छ ।’

उहाँले लामो समयदेखि निर्माणको काम अवरुद्ध भएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण परियोजना अघि बढाउने पनि निर्णय गरेको जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here