प्रधानमन्त्रीसहित मन्त्रीहरुको एक महिनाको तलव भूकम्प पीडितलाई दिने सरकारको निणर्य


२३ कार्तिक २०८०, बिहीबार १४:४७ मा प्रकाशित

काठमाडौं । सरकारले प्रधानमन्त्रीसहित मन्त्रीहरुको एक महिनाको तलव जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई दिने निणर्य गरेको छ ।

बिहीवार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रीपरिद्को बैठकले उक्त निणर्य गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताउनुभएको हो ।

उहाँले इन्धनमा लगाउँदै आएको पूर्वाधार शुल्कमध्ये ५ रुपैयाँ प्रतिलिटर बुढीगण्डकी जलविद्युत आयोजनाका लागि उपलब्ध गराउने व्यवस्था गर्ने निणर्य गरेको बताउनु भयो ।

मन्त्री शर्माले नेपाल सरकारले नेपाल विद्युत प्राधिकरणमार्फत कर्णाली चिसापानी जलविद्युत आयोजनाको अध्ययन अघि बढाउने पनि बताउनु भयो । सरकारले मोरङको विराटनगर, काठमाडौंको मुलपानी र चितवनको भरतपुर क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरव आयोजनाको रुपमा अघि बढाउन व्यवस्था मिलाउने निणर्य गरेको छ ।

त्यस्तै, निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका सम्बन्धमा सुझाव दिन गठित विज्ञ समूहको प्रतिवेदन कार्यान्वयनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिने निणर्य गरेको मन्त्री शर्माले जानकारी दिनुभयो ।

उहाँले पोर्चुगलमा नेपाली राजदुतावास स्थापना गरी शनिल नेपाललाई राजदुत नियुक्त सरकारले निणर्य गरेको जानकारी दिनुभयो। उहाँले मन्त्रिपरिषद् विधेयक समितिबाट पेश भएको सामाजिक सञ्जाल सञ्चालन निर्देशिका, २०८० परिमार्जनसहित स्वीकृत गरेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here