मधेश प्रदेशमा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गयो


२२ कार्तिक २०८०, बुधबार १२:४९ मा प्रकाशित

मधेश प्रदेश । मधेश प्रदेशस्थित गोडैता जिल्लाको दक्षिण पश्चिम भेगस्थित गोडैता नगरपालिका–८, सिसौटियामा मंगलबार राति ८ बजेतिर ट्याक्टर पल्टिँदा दुई जनाको ज्यान गएको छ । गाउँको भित्री सडकमा बाँस लोड गरिएको ना ५ त ६१८२ नम्वरको ट्याक्टर अनियन्त्रित भइ पल्टिँदा ट्याक्टरका मालिक एवं चालक गोडैता नगरपालिका–७, का ४० वर्षीय अशेश्वर पटेल र सह–चालक गोडैता नगरपालिका–८, का २८ वर्षीय शंकर पटेलको ज्यान गएको हो ।

चालक अशेश्वरलाई उपचारका लागि मलंगवाबाट वीरगन्जतर्फ लैजाँदै गर्दा बाटोमा नै र सह–चालक शंकरको घटनास्थलमै मृत्यु भएको डीएसपी दीपेन्द्र पन्जियार थारुले जनाए ।दुर्घटनामा गोडैता नगरपालिका–८, बस्ने २० वर्षीय रुपेश महतो र रौतहटको परोहा नगरपालिका–८, बस्ने २४ वर्षीय जयप्रकाश पटेल घाइते छन् ।

उनीहरुको प्रादेशिक अस्पताल मलंगवामा उपचार चलिरहेको प्रहरीले जनायो । मृतक र घाइतेलाई ट्याक्टरले थिचिरहेको अवस्थामा जेसीबी प्रयोग गरेर बाहिर निकालिएको प्रहरीले जनायो । उनका अनुसार दुर्घटनामा परेको ट्याक्टर राति प्रहरी कार्यालयसम्म ल्याउन सम्भव नभएपछि घटनास्थलमै सुरक्षितसँग राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here