घाइतेहरुको उद्दारका लागि नेपाल एयरलाइन्सका सबै उडान रोकेर रुकुम पठाउन प्रधानमन्त्रीको निर्देशन


१८ कार्तिक २०८०, शनिबार ०८:४१ मा प्रकाशित

काठमाडौ । भूकम्पमा घाइतेहरुको उद्दार गर्न कठीनाई भएपछि नेपाल वायुसेवाका अन्य क्षेत्रका उडान रोकेर रुकुममा पठाउन प्रधानमन्त्री पुष्पकमल दाहालले निर्देशन गरेका छन् । उनी बिहानै सो क्षेत्रमा अवलोकनका लागि हिँडेका छन् ।

अन्यत्र जिल्लाको उडान स्थगित गरी नेपाल वायु सेवा निगमको उडान रुकुम केन्द्रित गर्न प्रधानमन्त्रीको निर्देशन भएको र घाइतेहरुलाई चौरजहारी विमानस्थलमा केन्द्रित गर्न सबै जिल्लाका सुरक्षा निकायलाई निर्देशन भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

घाइतेहरुले यहाँका अस्पताल भरिएपछि उनीहरुलाई अन्यत्र उपचारका लागि यसो गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here