२०८४ मा सबै राजनीतिक दललाई बाइबाइ गर्नुपर्छः सभापति लामिछाने


११ कार्तिक २०८०, शनिबार १२:४३ मा प्रकाशित

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २०८४ मा सबै राजनीतिक दलहरुलाई पराजित गर्ने बताउनुभएको छ ।

शनिवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नयाँ दलका रुपमा २१ जना सांसदहरु सदनमा आउँदा समेत कुनै पनि राजनीतिक दलहरुले जनताको लागि काम नगरेको बताउनु भयो ।

उहाँले दिनदहाडै हत्या गर्नेहरुलाई संविधान दिवसका दिनमा मुक्ति दिएर नयाँ दल र जनतालाई के गर्नसक्छौँ गर भन्ने चुनौति दिएको बताउनु भयो । उहाँले आउने चुनावमा कुनैपनि दललाई एक सिट पनि जित्न नदिने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here