त्रिकोणात्मक टी-२० सिरिजमा नेपालको लगातार चौंथो जित, युएई ५ विकेटले पराजित


६ कार्तिक २०८०, सोमबार १५:०९ मा प्रकाशित

काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले लगातार चौंथो जित हासिल गरेको छ।

सोमबार भएको खेलमा नेपालले युएईलाई ५ विकेटले पराजित गर्दै प्रतियोगितामा आफ्नो जित यात्रा जारी राखेको हो।

युएईले दिएको १ सय ६५ रनको लक्ष्य  पछ्याएको नेपालले ४ बल बाँकी छँदै पराजित गरेको थियो। नेपालको जितमा दिपेन्द्र सिंह ऐरीले विष्फोटक ब्याटिङ गरेका थिए।

उनले १५ बलमा ४० रन बनाउँदा ६ चौका र १ छक्का प्रहार गरे। उनले २ सय ६६ को स्ट्राइकरेटमा स्कोर बनाउँदा नेपालको जित पक्का भएको थियो।

उनी बाहेक आसिफ शेखले ६२ रनको अर्धशतकीय इनिङ खेल्दा कप्तान रोहित पौडेलले ४७ रन बनाए। युएईका लागि मुहम्मद जवादुल्लाहले २ विकेट लिंदा अकिफ रजा र जाहुर खानले समान १-१ विकेट लिएका थिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो। युएईका लागि वृत्या अर्विन्द र बसिल हमिदले सर्वाधिक ४५-४५ रनको इनिङ खेल्दा आसिफ खानले १८ रन बनाए। त्यस्तै खालिद शाहले १२ रन बनाउनु थप दोहोरो स्कोरको रुपमा रह्यो। सोमपाल कामी र अभिनास बोहराले २-२ विकेट लिंदा करण केसी र गुल्सन झाले समान १-१ विकेट लिएका थिए।

डबल राउन्ड रोविनको आधारमा जारी प्रतियोगितामा नेपाल अन्तिम खेल अगावै फाइनल पुगिसकेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here