महाअष्टमी पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा काठमाडौँका महत्वपूर्ण शक्तिपीठको दर्शन


५ कार्तिक २०८०, आईतवार १६:५१ मा प्रकाशित

काठमाडौ । बडादसैँअन्तर्गत महाअष्टमी पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँका महत्वपूर्ण शक्तिपीठको दर्शन गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले आइतबार नक्साल भगवती, गुहेश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली लगाएतका शक्तिपीठ पुगेर दर्शन गर्नुका साथै टीका र प्रसाद ग्रहण गर्नुभएको हो ।

दसैँका अवसरमा हरेक वर्ष राष्ट्र प्रमुखको हैसियतमा उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन गर्ने परम्परा रहिआएको छ ।

बडादसैँको आठौँ दिन आइतबार मुलुकभर माता दुर्गा भवानीको पूजा आराधना गरी मनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here