भारतले नेपालसहितका ७ देशमा १० लाख टन गैरबासमती चामल निर्यात गर्न अनुमति


५ कार्तिक २०८०, आईतवार १२:५२ मा प्रकाशित

काठमाडौ । भारत सरकारले नेपाल, क्यामरुन, कोटे डि आइभोर, गिनी, मलेसिया, फिलिपिन्स र सेशेल्समा १० लाख टन भन्दा बढी गैर बासमती चामल निर्यात गर्न अनुमति दिएको छ ।

वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गत पर्ने वैदेशिक व्यापार महानिर्देशनालयले राष्ट्रिय सहकारी निकासी लिमिटेडमार्फत निकासी गर्न अनुमति दिएको हो । गैरबासमती सेतो चामलको निर्यात नेपाल, क्यामरुन, कोटे डि आइभोर, गिनी, मलेसिया, फिलिपिन्स र सेशेल्समामा मात्रै निर्यात हुनेछ ।

नेपालका लागि ९५ हजार टन, क्यामरुनका लागि १ लाख ९० हजार टन, मलेसियाका लागि १ लाख ७० हजार टन, फिलिपिन्सका लागि २ लाख ९५ हजार टन, कोट डी आइभोर र गिनीका लागि १ लाख ४२ हजार टन, सेलेसलाई ८ सय टन पठाइएको छ ।

भारत सरकारले जुलाईमा घरेलु आपूर्ति बढाउन गैरबासमती सेतो चामलको निर्यातमा प्रतिवन्ध लगाएको थियो । तर खाद्य सुरक्षा आवश्यकता पूरा गर्न सरकारले केही देशहरुलाई दिएको अनुमतिका आधारमा निर्यात गर्न दिइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here