दशैँ मनाउन काठमाडौबाट गाउँ फर्किनेको लर्को


४ कार्तिक २०८०, शनिबार १३:४२ मा प्रकाशित

काठमाडौ । नेपालीहरुको महान चाड बडा दशैँ मनाउन घर फर्किनेहरुको लर्को लागेको छ ।

शनिवार बिहानैबाट काठमाडौं उपत्यकाबाट बाहिरिने प्रमुख नाकाहरुमा घर जानेहरुको लर्को देख्न सकिन्छ । काठमाडौंका कोटेश्वर, नयाँ बसपार्क, जडिबुटी, गोंगबु, बालाजु, कलंकी लगायतका क्षेत्रमा घर जानेहरु आफ्ना सरसामान बोकेर उभिरहेको देख्न सकिन्छ ।

दैनिक झन्डै एक लाखको हाराहारीमा यात्रुहरू काठमाडौँ उपत्यकाबाट बाहिरिने गरेका छन् । हरेक वर्ष दशैँ, तिहार, छठ मनाउन काठमाडौं उपत्यकाबाट घर छोड्नेहरुको संख्या उल्लेख्य हुने गर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here