लाओसलाई हराउँदै नेपाल फिफा विश्वकप छनाेटकाे दाेस्राे चरणमा


३० आश्विन २०८०, मंगलवार १९:५३ मा प्रकाशित

काठमाडौं । लाओसलाई हराउँदै नेपाल फिफा विश्वकप छनाेटकाे दाेस्राे चरणमा पुगेकाे छ ।

आज मङ्गलवार न्यु लाओस नेशनल स्टेडियममा भएकाे विश्वकप छनोट प्रारम्भिक चरणको दोस्रो लेगमा घरेलु टाेलीलाई १–० ले हराउँदै समग्रमा २–१ काे जित निकालेर नेपाल दाेस्राे चरणमा पुगेकाे हाे ।

नेपालकाे जितमा मनिष डाँगीले गाेल गरे । मनिषले खेलकाे ५२ औँ मिनेटमा अञ्जन विष्टकाे पासमा गाेल गरेका हुन् ।

गएकाे बिहीवार घरेलु मैदान दशरथ रङ्गशालामा भएकाे खेलमा नेपाल लाओससँग १–१ गाेलकाे बराबरीमा राेकिएकाे थियाे ।

अब नेपालले समूह ‘एच’ मा रहेका बहराइन र यूएई तथा यमन र श्रीलङ्काबीचको विजेतासँग दोस्रो चरणको छनोट ‘होम एन्ड अवे’ का आधारमा खेल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here