भेपभित्र सुन ल्याएको आरोपमा पक्राउ परेका राहुल महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश


२६ आश्विन २०८०, शुक्रबार २०:०४ मा प्रकाशित

काठमाडौं । विद्युतीय चुरोट (भेप) भित्र सुन तस्करी गरी ल्याएको आरोपमा पक्राउ परेका राहुल महरालाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

शुक्रबार काठमाडौं जिल्ला अदालतले नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरालाई थुनामा पठाउन आदेश दिएको हो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश डण्डपाणि शर्माको इजलासले मुद्दाको पुर्पक्षका लागि राहुल भन्ने रेशम महरालाई थुनामा राख्न आदेश दिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here