कोसी सरकार गठनमा तत्काल कसैलाई समर्थन नगर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीको निर्णय


२६ आश्विन २०८०, शुक्रबार १४:२१ मा प्रकाशित

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीले कोसी सरकार गठनमा तत्काल कसैलाई समर्थन नगर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय धुम्वाराहीमा शुक्रबार बसेको पार्टी पदाधिकारी बैठकले अहिले सरकार गठनका क्रममा राप्रपाको मतको आवश्यकता नरहेको देखिएको र कुनै पक्ष तथा विपक्षमा नलाग्ने निर्णय गरेको हो ।

बैठकपछि राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले कोसी प्रदेशको घटनाक्रमलाई नजिकबाट नियाल्ने र उपयुक्त समयमा आवश्यक निर्णय लिने बताउनुभयो । कोसीमा एमाले र कांग्रेस मिलेर नै सरकार बनाउनुपर्नेमा राप्रपाको जोड रहेको र त्यहि अनुसार दावी पनि देखिएको उहाको भनाइ छ ।

बैठकमा राप्रपाको आन्दोलनका बिषयमा पनि छलफल भएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here