विपद् व्यवस्थापनको क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको भनाइ


२६ आश्विन २०८०, शुक्रबार १३:०७ मा प्रकाशित

काठमाडौ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद् व्यवस्थापनको क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको बताउनुभएको छ ।

जोखिम न्यूनिकरणसम्बन्धी शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा गृहमन्त्री श्रेष्ठले हालैको बाजुरा भूकम्प, मेलम्चीको बाढी, जुरे पहिरो लगाएतबाट भएका क्षतिले विपद् व्यवस्थापनको क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको प्रस्टाइरहेको भन्दै बिज्ञहरुको सुझावका आधारमा निति कार्ययोजना बनाउने बताउनुभएको हो ।

बिपद व्यवस्थापन केवल विपद् घटाउने कुरामा मात्रै नरहेको र देश बिकासको जगसंग सम्बन्धीत बिषय पनि रहेको उहाले बताउनुभयो । उहाले संसारभर नै पूर्वविपद सुचना प्रणाली बिकसित भएको अवस्थामा नेपालमा पनि पहिरो र भूकम्पको पूर्वसूचनासम्बन्धी बिषय महत्वपूर्ण रहेको जिकिर गर्नुभयो ।

उहाले विपद्बाट हुने जनधनको क्षतिलाई कम गर्नका लागि त्यही अनुसारको संरचना निर्माणको आवश्यकता देखिएको धारणा राख्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here