नेपालीहरुको सुरक्षाका लागि इजरायल सरकारले सक्दो प्रयास गरेको छः परराष्ट्रमन्त्री साउद


२६ आश्विन २०८०, शुक्रबार ०७:५८ मा प्रकाशित

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले नेपालीहरुको सुरक्षाका लागि इजरायल सरकारले सक्दो प्रयास गरेको बताउनु भएको छ ।

२५३ जना नेपालीलाई लिएर त्रिभुवन विमानस्थलमा ओर्लिएपछि सञ्चारकर्मीसंग उनले इजरायल सरकारले आफ्ना नागरिकसंगै नेपाल र अन्य विदेशी नागरिकलाई सुरक्षित राख्न आवश्यक प्रयास गरेको पाएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘इजरायल सरकार त्यहाँ भएका नेपाली र अरु विदेशीलाई सुरक्षित राख्न सतर्क र समर्पित पाएको छुु ।’

अहिले २ सय ५३ जना आएको र आवश्यक परे तत्काल अन्य विमान पठाउने र अन्य नियमीत विमानबाट समेत फर्किन सक्ने वातावरण मिलाउन मन्त्रालयले गम्भिर भूमिका खेल्ने उहाँले बताउनुभयो ।

मन्त्रिपरिषद्ले व्यवसायीक फ्लाइटबाट आउनेहरुको टिकट खर्च व्यहार्ने र चार्टर विमान पनि पठाउने निणर्य गरेको भन्दै उहाँ भन्नुभयो, ‘अन्य जहाजहरु आवश्यकता अनुसार पठाइने छ, यसमा कुनै चिन्ताको विषय छैन । सरकार सगज छ, नेपाली दूताबासलाई निर्देशन गरिसकेको छ ।’

आफूलाई भेट्न इजरायलका विमानमन्त्री आफैं विमानस्थल आए पनि आफू नपुग्दै फर्किनु परेको उहाँले सुनाउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here