विश्वकप छनोट : लाओसविरुद्ध बराबरी गोल, अञ्जन बने नेपालका सर्वाधिक गोलकर्ता


२५ आश्विन २०८०, बिहीबार १९:४९ मा प्रकाशित

काठमाडौं । लाओसविरुद्धको खेलमा नेपालका स्ट्राइकर अञ्जन विष्टले बराबरी गोल गरेका छन् । यससँगै उनी नेपालका सर्वाधिक गोलकर्ताको कीर्तिमानमा बराबरी गर्न सफल भए ।

विष्ट सिनियर अन्तर्राष्ट्रिय फुटबलमा नेपालका लागि सर्वाधिक १३ गोल गर्ने राष्ट्रिय कीर्तिमान बराबरी गर्न सफल भएका हुन् ।

लाओसविरुद्ध ४८ औं मिनेटमा गोल गर्दै अञ्जनले अन्तर्राष्ट्रिय गोल संख्या १३ पुर्याएका हुन् । यसअघि हरि खड्का र निराजन रायमाझीको नाममा सर्वाधिक गोलको कीर्तिमान थियो ।

अञ्जनको गोलसँगै विश्व कप छनोटमा १-१ को बराबरी भएको छ । लाओसले पहिलो हाफमा गोल गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here