बालबालिकाको अधिकार स्थापीत गर्न राज्यले थप पहल र लगानी गर्ने महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री आचार्यको प्रतिवद्धता


२४ आश्विन २०८०, बुधबार १६:४८ मा प्रकाशित

काठमाडौ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले बालबालिकाको अधिकार स्थापीत गर्न राज्यले थप पहल र लगानी गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा राष्ट्रिय बालअधिकार परिषद्ले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री आचार्यले बाल अधिकारको सचेतनाकोका साथै बालबालिकाको अधिकार स्थापीत गर्न राज्यले थप पहल र लगानी गर्ने प्रतिवद्धता जनाउनुभएको हो ।

उहाले सचेतनाको अभावका कारण गर्भमै लिङ्गको पहिचान गर्ने, बालबालिका हराउने र जोखिममा पर्ने, बालविवाहमा पर्ने विविध समस्याहरुको न्यूनिकरणका लागि सरकार गम्भीर रहेको जिकिर गर्नुभयो ।

बालअधिकारको सुनिश्चितताका लागि तीन वटै तहका सरकारबीच सहकार्य र समन्वय हुनुपर्ने उहाको भनाइ छ । त्यस्तै मन्त्री आचार्यले बालअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि र राष्ट्रिय ऐन, नियम र नीतिको कार्यान्वयनमा सवै पक्ष गम्भीर हुनुपर्ने जिकिर गर्नुभयो ।

सन् २०११ देखि हरेक अक्टुबर ११ मा अन्तर्राष्ट्रिय बालिका दिवस मनाइने गरिएको हो । दिवसको यस बर्षको नारा ‘बाल अधिकारमा लगानी हाम्रो नेतृत्व र सहज जीवनयापन’ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here