चेतन मानन्धरको हत्या गरेका योगराज ढकाल ‘रिगल’ लाई पुन: जेल चलानको माग गर्दै माइतीघरमा विरोध


२४ आश्विन २०८०, बुधबार १४:३७ मा प्रकाशित

काठमाडौ । चेतन मानन्धरको हत्या गरेका योगराज ढकाल ‘रिगल’ को कैद सजाय कट्टा गरेको विरोधमा बुधबार काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संविधान दिवसको अवसरमा रियलको बाँकी कैद सजाय कट्टा गरेका थिए । मानन्धर पत्नी भारती शेर्पा पक्षधर तथा युवा अभियन्ताहरूले दबाब पूर्ण प्रदर्शन गरेका छन् ।

राष्ट्रपतिको राजीनामा माग्दै नारा लगाएर उनीहरू माइतीघरदेखि बानेश्वरसम्म शान्तिपूर्ण खबरदारी तथा विरोध र्‍यालीको आयोजना गरेका छन् । सर्वोच्च अदालतले राष्ट्रपतिको निर्णयविरुद्ध परेको रिट निवेदनका सम्बन्धमा विपक्षीसँग लिखित जवाफ माग गरेको छ ।

साथै उक्त रिट निवेदनलाई पूर्ण इजलासमा सुनुवाइ हुने गरी पेसी तोक्नसमेत आदेश भएको छ । न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले रिट निवेदकको माग बमोजिम उत्प्रेषणको आदेश किन जारी हुन नपर्ने हो भन्नेबारे मनासिब कारण भए यही असोज २४ गते साँझ ५ बजेभित्र लिखित जवाफ पेस गर्न पनि राष्ट्रपति कार्यालयका नाममा आदेश गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here