इजरायल आक्रमणमा दिवंगत भएका विद्यार्थीका परिवारलाई सुदूरपश्चिम सरकारले २ लाख रुपैयाँ दिने


२३ आश्विन २०८०, मंगलवार ०७:४३ मा प्रकाशित

धनगढी । इजरायल आक्रमणमा दिवंगत भएका विद्यार्थीको परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले २ लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ ।

मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार विज्ञप्ति जारी गर्दै राहत स्वरूप २ लाख रुपैयाँ उपलब्ध गराउने जानकारी दिएका हुन्  ।

त्यस्तै सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई १०–१० लाख रुपैयाँ राहत दिने र उद्धारका लागि चार्टर्ड हवाई जहाज पठाउने निर्णय गरेको थियो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here