क्रिकेटर दिपेन्द्रसिंह ऐरी सहायक हवल्दारमा बढुवा


१९ आश्विन २०८०, शुक्रबार ११:२४ मा प्रकाशित

काठमाडौं । क्रिकेटर दिपेन्द्रसिंह ऐरी सहायक हवल्दारमा बढुवा भएका छन् । नेपाल प्रहरीका जवान पदबाट उनलाई सहायक हवल्दारमा बढुवा गरिएको हो ।

चीनको हाङझाउमा १९ औं एसियाली खेलकुदमा रेकर्ड बनाएको भन्दै ऐरीलाई बिहीबार नेपाल प्रहरी प्रधान कार्यालय, नक्साल, काठमाडौंमा आयोजित कार्यक्रममा विशेष बढुवा प्रदान गरिएको हो ।

आयोजित कार्यक्रममा विशेष बढुवा प्रदान गर्नुका साथै कुशल भुर्तेल, सागर ढकाल र करण के.सी. लाई प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरबाट सम्मान गरिएको छ ।

गत असोज १० गते हाङझाउ एसियाली खेलकुद अन्तर्गत नेपालले पुरूष क्रिकेटको आफ्नो पहिलो खेलमा कीर्तिमानको ओइरो लगाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here