सिक्किममा आएको बाढीमा परी १४ को ज्यान गयो, १ सय २० जना भन्दा बढी बेपत्ता


१८ आश्विन २०८०, बिहीबार ०८:२५ मा प्रकाशित

काठमाडौं । सिक्किममा आएको बाढीमा परी १४ को ज्यान गएको छ भने १ सय २० जना भन्दा बढी बेपत्ता भएका छन् ।

हिन्दुस्तान टाइम्सका अनुसार सरकारी अधिकारीहरूले अहिलेसम्म १४ जनाको मृत्यु भएको पुष्टि गरेका छन् भने १ सय २० जना बेपत्ता छन् । जसमध्ये २३ भारतीय सेनाका सैनिक छन् ।

बुधबार बिहान परेको भारी वर्षापछि भारतको पूर्वी उत्तरी राज्य सिक्किमको टिस्टा नदी किनारमा रहेको लिचेन भ्यालीमा एक्कासी बाढी आएको थियो ।

लगातारको वर्षाका कारण उद्धार कार्यमा धेरै समस्या भइरहेको छ । बाढी र हिलोका कारण आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति भएको प्रशासनले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here