रिगललाई आममाफी प्रकरणः चेतनकी श्रीमती भारती मानन्धरद्वारा अनशन सुरु


१७ आश्विन २०८०, बुधबार १८:३९ मा प्रकाशित

काठमाडौं । चेतन मानन्धरको हत्याका अभियुक्त ‘रिगल’ भनिने योगराज ढकाललाई आममाफी दिने निणर्यविरुद्ध चेतनकी श्रीमती भारती मानन्धरले अनशन सुरु गर्नुभएको छ ।

आममाफीको विरुद्धमा आफुले अनशन सुरु गरेको भारतीले बताउनुभयो । नवौं संविधान दिवसको अवसरमा मन्त्रिपरिषदको रिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगललाई आममाफी दिनुभएको थियो ।

रिगल उक्त घटना हुँदाका बखत नेपाली कांग्रेसको युवा संगठन तरुण दलमा आवद्ध थिए । हत्या अभियोगमा उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ साल वैशाखमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । साथै, उक्त घट्नामा संलग्न अन्य १० जनालाई संलग्नताको प्रकृति हेरर तीन वर्षदेखि १० वर्षसम्म कैद सजाय तोकिएको थियो ।

रिगलमाथि २०७२ साल असार २८ गते नेपालगञ्जको धम्बोजी चोकमा दिउँसो ३ बजेतिर चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग थियो । मृतक चेतनकी श्रीमती भारती मानन्धरले चेतनको न्यायको लागि आफू कुनै धाक, धम्की र प्रलोभनमा नपरी निरन्तर लडिरहने बताउनुभयो ।

घट्ना भएको आठ वर्ष भइसक्दा पनि अझैं उक्त घटनाबाट बाहिर निस्कन नसकेको अवस्थामा आममाफीले झनै पीडा दिएको उहाँले बताउनुभयो । राष्ट्रपतिले आममाफी दिएर पुनारो घट्नाको पीडा फेरी दोहार्‍याइदिएको उहाँले गुनासो गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here