कक्षा १२ को बार्षिक परीक्षा बैशाखमा


१६ आश्विन २०८०, मंगलवार ०७:३८ मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यो शैक्षिक सत्रमा कक्षा १२ को वार्षिक परीक्षा आगामी वैशाखमा सञ्चालन गर्ने भएको छ ।

बोर्डले आफ्नो वार्षिक कार्यतालिका सार्वजनिक गर्दै १२ को वार्षिक परीक्षा २०८१ को वैशाख पहिलो हप्तादेखि सञ्चालन गर्ने जनाएको हो ।

परीक्षाको नतिजा प्रकाशित भएको ४५ दिनभित्रमा पूरक परीक्षा गर्ने बोर्डको कार्यतालिका छ । नतिजा भने २०८१ को साउन तेस्रो साताभित्र सार्वजनिक गर्ने बोर्डको योजना छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here