नेकपा एमालेको कोशी प्रदेश अध्यक्षमा घनश्याम खतिवडा विजयी


१६ आश्विन २०८०, मंगलवार ०७:२४ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेको कोशी प्रदेश अध्यक्षमा घनश्याम खतिवडा विजयी भएका छन् ।

सोमबार राति सम्पन्न मतगणनाअनुसार ५१२ मतसहित खतिवडा अध्यक्षमा निर्वाचित भएका हुन् । प्रतिस्पर्धी विनोद ढकालले ४३० मत ल्याए ।

अध्यक्षमा खतिवडासँगै पदाधिकारीमा उनका प्यानलका सबै निर्वाचित भएका छन्।

सोमबार राति भएको मतगणनाअनुसार खतिवडासहित उनका प्यानलका पदाधिकारीहरु विजयी भएका हुन्।

खतिवडाले अब ३ वर्ष प्रदेश पार्टीको नेतृत्व गर्नेछन्। मनास्लु पार्टी प्यालेसमा आइतबार राति अबेरसम्म मतदान भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here