अर्थव्यवस्था विस्तारै लयमा फर्किन थालेको अर्थमन्त्री डा. प्रकाशशरण महतको भनाइ


१३ आश्विन २०८०, शनिबार १८:०२ मा प्रकाशित

काठमाडौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थव्यवस्था विस्तारै लयमा फर्किन थालेको बताउनुभएको छ ।

शनिबार जनकपुरमा जनकपुरधाम उद्योग बाणिज्य संघको ५६ औं वार्षिक साधारणसभा उद्घाटन गर्दै मन्त्री महतले बिभिन्न कारणले अर्थतन्त्रमा देखिएका समस्याहरु समाधान हुँदै गएको र अर्थव्यवस्था लयमा फर्किन थालेको बताउनुभएको हो ।

अर्थमन्त्री डा. महतले बैङ्कहरूले व्याज दर घटाएको, रेमिट्यान्स वृद्धि भएको र पर्यटक आगमनमा वृद्धि हुँदै गएको बताउनुभयो । उहाले विनयोजित बजेट समयमा खर्च भएमा अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने बताउनुभयो ।

उहाले अर्थतन्त्रमा सुधार देखिएसंगै लगानी गर्ने बतावरणको निर्माण भएको बताउनुभयो । उहाले सरकारमाथि आन्तरिक र बाहय लिएको क्रणको सावाँ व्याज तिर्ने दायित्व बढेको उहाँले बताउनुभयो ।

अर्थमन्त्री डा. महतले मधेश प्रदेशमा आर्थिक समृद्धिका लागि सुनकोशी मरिन कमला डाइभर्सनको काम अगाडी बढाइएको बताउँदै पूर्व पश्चिम नहर प्रणालीलाई अघि बढाउन सके उत्पादन बढ्ने जिकिर गर्नुभयो ।

उहाले मधेशको धार्मिक विकासका साथै पर्यटकीय स्थलको रुपमा विकास गर्न आवश्यक भौतिक पूर्वाधार निर्माणमा सरकारको ध्यान केन्द्रीत रहेको धारणा राख्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here