कोशी प्रदेश सभाको चौथो अधिवेशन आह्वान


१३ आश्विन २०८०, शनिबार १२:५९ मा प्रकाशित

बिराटनगर । कोशी प्रदेश सभाको चौथो अधिवेशन आह्वान गरिएको छ । कोशी प्रदेश सभा सचिवालयले सूचना प्रकाशित गरी असोज १७ गतेबाट चौथो अधिवेशन सुरु हुने जानकारी दिएको हो ।

नेपालको संविधानको धारा १८३ को उपचार (१) बमोजिम प्रदेश प्रमुख परशुराम खापुङले असोज १७ गते बुधबार दिउँसो १ बजेका लागि चौथो अधिवेशन आह्वान गर्नुभएको सूचनामा उल्लेख छ ।

गत मङ्सिर ४ गते सम्पन्न भएको निर्वाचन पछाडि प्रदेश सभाको तीनवटा अधिवेशन सम्पन्न भइसकेको छ ।

प्रदेशसभाको दुई वटा अधिवेशन राजनीतिक विवाद र असमझदारीका कारण विश्वासको मत लिने प्रयोजनका लागि मात्र उपयोग गरिएको थियो । चौथो अधिवेशनको पहिलो काम पनि मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनकै लागि आह्वान गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here