कोशी प्रदेश अधिवेशनमा नयाँ नेतृत्वको लागि निर्वाचन प्रक्रिया शुरु


१३ आश्विन २०८०, शनिबार १८:१० मा प्रकाशित
तस्बिरहरु: गोपाल काफ्ले र गणेश पोख्रेल

विराटनगर । विराटनगरमा जारी नेकपा एमालेको कोशी प्रदेश अधिवेशनमा नयाँ नेतृत्वको लागि निर्वाचन प्रक्रिया शुरु भएको छ ।

अधिवेशनमा शनिवार राजनैतिक, आर्थिक र सांगठनिक प्रतिवेदन माथि छलफल भई पारित भएको अध्यक्ष मण्डलका सदस्य राम बहादुर रानाले जानकारी दिनुभयो ।

उहाले आइतवार बिहान देखि मतदान भई बेलुका सम्म अधिवेशन सम्पन्न गर्ने तयारी रहेको बताउनुभयो । अध्यक्षको साङ्गठनिक प्रतिवेदनका विषयमा ७ वटा समितिले सामूहिक छलफलपछिको प्रस्तुतिपछि निर्वाचन प्रक्रिया शुरु भएको हो ।

अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई जना उपसचिव गरी ५ जना पदाधिकारी सहित २ सय १५ जनाको प्रदेश कमिटी गठन गर्ने बताइएको छ । भरसक सहमतिको प्रयास भईरहेको र विभिन्न कल्स्टरबाट चुनिनुपर्ने भएकाले केही पदमा निर्वाचन हुन सक्ने बताइएको छ । मतदान भने आइतबार बिहान ११ बजेबाट हुने रानाले जानकारी दिनुभयो ।

राम बहादुर राना, सदस्य, अध्यक्ष मण्डल, एमाले कोशी प्रदेश अधिवेशन । अधिवेशनमा १३७ वटा पालिका सहित विभिन्न जनवर्गिय संगठन, दलित, मजदुर प्रतिनिधि गरी ९ सय ९७ जना मतदाता रहेको छ ।

अधिवेशनमा मोरङका विनोद ढकाल र घनश्याम खतिवडाले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here