धेरै दलको काम छैन, एमालेलाई एकल बहुमत चाहियोः ओली


१२ आश्विन २०८०, शुक्रबार १८:५५ मा प्रकाशित

बिराटनगर । नेकपा एमालेको कोशी प्रदेश प्रथम अधिवेशननेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार उद्घाटन गर्नुभएको छ ।

एमालेको कोशी प्रदेश अधिवेशन शुक्रबार प्रदेश राजधानी विराटनगरमा शुरु भएको हो । अधिवेशन उद्घाटन गर्दै पार्टी अध्यक्ष ओलीले २०८४ सालको चुनावमा प्रत्येक वडामा एमालेको न्यूनतम ५१ प्रतिशतको बहुमत आवश्यक भएको बताउनुभयो ।

संसदमा धेरै दल भए काम नहुँदै भन्दै उहाँले एमालेले बहुमत ल्याउनुपर्ने बताउनुभयो ।

अहिलेको निर्वाचन प्रणालीप्रति असन्तुष्टि जनाउँदै दीर्घकालीन सोचका साथ गर्नुपर्ने कामका लागि जनादेश नभएको ओलीको भनाइ थियो ।

संसदमा धेरै दल भए सबैलाई चित्त बुझाउने काममै ध्यान जाने ओलीले बताउनुभयो । त्यसबाट पार पाउनका लागि अब एमालेको एकल बहुमतको सरकार आवश्यक भएको उहाँको भनाइ थियो ।

एमालेको कोशी प्रदेश अधिवेशन शनिवारसम्म सञ्चालन चल्नेछ । अधिवेशनमा १३७ पालिका, २३ जनवर्गीय संगठन, दलित, मजदुर समेत गरी १०४७ प्रतिनिधि र पर्यवेक्षक सहभागी भएका छन् ।पार्टीका प्रदेश इन्चार्ज रघुवीर महासेठले अधिवेशनले पार्टीको आन्तरिक जीवन व्यवस्थित गर्ने बताउनुभयो ।

अधिवेशन सम्पन्न गर्न मूल व्यवस्थापन समिति, अनुगमन निर्देशन समिति र १२ वटा उपसमिति बनाइएको छ । अधिवेशनबाट पाँच पदाधिकारीसहित २१५ सदस्यीय कमिटी चयन गरिने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here