कोशी प्रदेशः मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने कांग्रेसको निर्णय


१२ आश्विन २०८०, शुक्रबार १९:३६ मा प्रकाशित

बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई विश्वासको मत नदिने नेपाली कांग्रेसले निर्णय गरेको छ ।

नेपाली कांग्रेस कोशी प्रदेशका संसदीय दलको शुक्रबार बसेको बैठकले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेको हो। 

प्रदेश राजधानी विराटनगरमा भएको संसदीय दलको बैठकले मुख्यमन्त्री हिक्मत कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेको दलका उपनेता हिमाल कार्कीले जानकारी दिनुभयो । 

सर्वोच्च अदालतको परमादेशले कार्कीलाई भदौ २२ गते मुख्यमन्त्री नियुक्त गरेको थियो। मुख्यमन्त्री कार्कीले असोज २० गतेसम्म विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here