बिर्तामोड नगरपालिकाद्वारा निशुल्क रेविज खोप कार्यक्रम सुरु


१२ आश्विन २०८०, शुक्रबार १८:२२ मा प्रकाशित

बिर्तामोड । बिर्तामोड नगरपालिकाले निशुल्क रेविज खोप कार्यक्रम सुरु गरेको छ ।

विश्व रेविज दिवशको अवसर पारेर नगरपालिकाले आज ९शुक्रबार० देखि सप्ताहव्यापी रेविज विरुद्वको खोप कार्यक्रम सुरु गरेको हो ।

कार्यक्रमको नगरपालिकाका जिन्सी शाखा प्रमुख अधिकृत मेघराज बाँस्तोलाले उद्घाटन गर्नु भयो । वडा नम्बर १० स्थित सैनिकबजारमा आयोजित कार्यक्रमका प्रमुख अतिथि अधिकृत बाँस्तोलाले नगरका पशुपंछि तथा मत्स्य विकास शाखाका अधिकृत राजेश अधिकारीलाई भ्याक्सिन हस्तान्तरण गरेर उद्घाटन गर्नु भएको हो ।

नगरका १० वटै वडामा रहेका सडक सामुदायिक तथा घर पालुवा कुकुर र विरालोलाई एक साताभरी रेविज विरुद्वको खोप लगाइने छ । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि बाँस्तोलाले वडा वडामा आएको यो सेवाबाट लाभ लिन सबैलाई आग्रह गर्नु भयो ।

बिर्तामोड नगरपालिकाले वर्ष भरिनै रेविज खोप निशुल्क गरेको छ । अन्य समयमा पनि बिर्तामोडको पशुपंछि तथा मत्स्य विकास शाखामा कुकुर बिरालोलाई ल्याएर निशुल्क लगाउने व्यवस्था रहेको अधिकृत राजेश अधिकारीले जानकारी दिनु भयो । कार्यक्रममा वडा नम्बर १०का वडा सदस्य पृथ्वीबहादुर बस्नेतले स्वागत मन्तव्य राख्नु भएको थियो ।

खोप उद्घाटन कार्यक्रममा सैनिक बजार चौकीका प्रहरी सहायक निरीक्षक बिक्रम बहादुर चौधरी लगायत स्थानीय संघ संस्थाका प्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here