बिर्तामोड । ‘समुदायमा आधारित पारदर्शी, सवल, सक्षम, वित्तिय तथा व्यवसायिक सहकारी’ भन्ने मूल नाराका साथ सतासी बहुउद्येश्यीय सहकारी संस्था लिमिटेडले २० औँ साधारणसभा सम्पन्न गरेको छ ।
बिर्तामोडस्थित अतिथि सदनको सभाहलमा भएको कार्यक्रममा संस्थाका अध्यक्ष रुद्रमणि श्रेष्ठले ७६ पेज लामो वार्षिक प्रतिवेदन पेश गर्नु भएको थियो ।
उहाँले ८४ करोड १० लाख १६ हजार ५ सय २२ रुपैँया ९८ पैसाको वासलात समेत सार्वजनिक गर्नु भएको छ ।
आ.व ०७८/०७९ मा ८० करोड ४२ लाख ६९ हजार ३ सय ५५ रुपैँया ७६ पैसा रहेको संस्थाको पूजी तथा दायीत्व आ.व ०७९/०८० मा बडेर ८४ करोड १० लाख १६ हजार ५ सय २२ रुपैँया ९८ पैसा पुगेको हो ।
बचतकर्ता अर्थात सेयरसदस्यहरुको फजुल खर्च कम गरी बचत गर्नमा प्रेरित गर्ने संस्थाको मूल उद्येश्य रहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । त्यस्तै संकलित बचतको सूरक्षा र सदुपयोग बचतकर्ताको हरहिसाव व्यवस्थित र पार्ददर्शी लगायतका नौ उद्येश्यहरु प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै संस्थाले बाल बचतमा पनि धेरै सेवा सुविधाका साथै १२ प्रतिशत व्याजदरको व्यवस्था गरेको छ । १६ बर्ष नपुगेका बालबालिकाका लागि यो सेवा ल्याएको बताइएको छ ।
राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेश पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सेयर सदस्यहरु लगायत कार्मचारी र विभिन्न संघसंस्थाबाट निमन्त्रित ब्यक्तित्वहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।