एलसी खोलिएका इनर्जी ड्रिंक्स र जुस ल्याउन पाइने


२५ असार २०७६, बुधबार १६:४१ मा प्रकाशित

काठमाडौं । सरकारले क्याफिनयुक्त इनर्जी ड्रिंकको आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि आयातका लागि सबै प्रक्रिया पूरा गरेकालाई के हुन्छ भनेर बढेको अन्यौल हटेको छ ।

असार २ गते राजपत्रमा सूचना जारी गर्दै प्रतिबन्ध लगाउने निर्णय गरेको सरकारले एलसी खोलिसकेका वस्तुको आयात गर्न दिने निर्णय गरेको हो । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयले राजपत्रमा सूचना जारी गर्दै बैंकिङ प्रक्रिया पूरा गरिसकेका वस्तुको आयात पहिलेजस्तै हुनपाउने व्यवस्था गरेको जानकारी गराएको छ । निकासी तथा पैठारी सूचीमा हेरफेर गर्दै सरकारले क्याफिनयुक्त शक्तिबर्द्धक पेय, फ्लेभर्ड सिन्थेटिक पेय९जुस० र यस्तै प्रकारका अन्य पेयको आयातमा पूर्ण प्रतिबन्ध लगाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here