एक घर एक सदस्य अभियानः सिम्रिक सफलताको हाम्रो पहिचान भन्ने मूल नाराका साथ बिर्तामोडमा रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले १३ औँ साधारणसभाका लागि पहिलो एकाइगत साधारणसभा सम्पन्न गरेको छ ।
बिर्तामोडको इन्द्रेणी प्यार्टीप्यालेसमा भएको कार्यक्रममा संस्थाका अध्यक्ष सुवास भट्टराईले सहकारीको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
अध्यक्ष भट्टराईले २०८० असार मसान्तसम्मको संस्थाको पुँजी तथा दायित्वको रुपमा २ अर्ब ९३ करोड ६२ लाख ९४ हजार ६ सय ७ रुपैँया ७४ पैसाको वासलात सार्वजनिक गर्नुभएको थियो जुन गत आर्थिक बर्षको भन्दा ११.६४ प्रतिशतले वृद्धि भएको समेत उहाँले पुष्टि गर्नुभयो ।
सिम्रिक सहकारीले झापा इलाम मोरङ र पाँचथरमा गरी ५० वटा सेवाकेन्द्रहरु स्थापना गरिसकेको छ । सेवाकेन्द्रलाई थप विस्तारित गरिने लक्ष राखिएको अध्यक्ष भट्टराई जानकारी दिनु भयो ।
कार्यक्रममा उक्त संस्थाका सेयर सदस्यहरुसहित कर्मचारी बिभिन्न संघसंस्थाबाट आएका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।