लगातारको वर्षाले भारतका विभिन्न राज्य प्रभावित, बाढीमा परी कयौँ बेपत्ता


२५ असार २०७६, बुधबार १४:५८ मा प्रकाशित

भारत । ढिला गरी सक्रिय भएको मनसुनका कारण भारतका विभिन्न राज्यको जनजिवन प्रभावित भएको छ ।

पछिल्लो केही दिनयता देखि लगातार रुपमा भइरहेको वर्षाका कारण अरुणाञ्चल प्रदेशमा बाढी आउँदा कयौँ मानिस बेपत्ता भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यस्तै महाराष्ट्रको रत्नगिरी तिवरेको बाँध गत हप्ता भत्कदा २० जनाभन्दा बढीको मृत्यु भएको छ । यसका साथै केही मानिस बेपत्ता भएको पनि बताइएको छ । पछिल्लो आठ दिनदेखि उक्त क्षेत्रमा हराइरहेकाहरुको खोजी कार्य जारी रहेको अधिकारीहरुले बताएका छन् ।

उता उत्तराखण्डमा गंगा नदीको जलस्तर खतराको निशाना नजिक पुगेको छ । भारतीय मौसम विभागले गंगा नदीमा पानीको स्तरले चाँडै नै खतराको निशाना पार गर्ने जनाएको छ । उत्तराखण्डमा आगामी पाँच दिनसम्म भारी वर्षा हुने पूर्वानुमान गरिएको छ । विपद व्यवस्थापनका लागि प्रशासनले पूर्व तयारी गरिसकेको जनाएको छ भने उद्दार दललाई सतर्क अवस्थामा राखेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here