इलामको कुटीडाँडा नजिक कार दुर्घटना, कम्तीमा पाँच जना घाइते


१ आश्विन २०८०, सोमबार २०:३४ मा प्रकाशित

झापा । इलामको कन्याम पुगेर फर्किँदै गरेको कार कुटीडाँडा नजिक दुर्घटना हुँदा कम्तीमा पाँच जना घाइते भएका छन् ।

रोङ गाउँपालिका- ३ कुटीडाँडा नजिकै सोमबार साँझ उक्त कार दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय इलामका अनुसार उक्त दुर्घटनामा घाइते हुने पाँच जनाको पहिचान खुलेको छ ।

ट्राफिक प्रहरीले भने अर्का एक जना पनि घाइते भएका जनाएको छ । उनको नाम भने खुलेको छैन ।

झापातर्फ आउँदै गरेको बी.ए.ए १६९२ नम्बरको सुजुकी कम्पनीको ग्राण्ड भिटारा कार हिलउड रिसोर्ट छेउको गोलाइमा अनियन्त्रित भइ करिब ३ सय मिटर तल झरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश जबेगुले बताए ।

दुर्घटनामा घाइते भएकाहरूमा झापा शिवसताक्षी नगरपालिका- ११ का ३५ वर्षीय मनोज राई, विराटनगर महानगरपालिका- ७ का ५२ वर्षीय सचिन पोखरेल, सोही ठाउँका २४ वर्षीय अर्जुन महरा र ५७ वर्षीय राजकुमार पौडेल रहेका छन् ।

उनीहरूलाई उपचारका लागि बिर्तामोडको बिएण्डसी अस्पताल पठाइएको प्रहरीले जनाएको छ । घाइते भएका केही अवस्था गम्भीर रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here