श्रीलंकालाई हराउँदै भारतले जित्यो एसिया कपको उपाधि


३१ भाद्र २०८०, आईतवार १९:०३ मा प्रकाशित

झापा । घरेलु टोली श्रीलंकालाई १० विकेटले हराउँदै भारतले एसिया कप क्रिकेटको उपाधि जितेको छ । यो भारतको ८औं एसिया कप उपाधि हो ।

भारतले श्रीलंकाली टोलीबाट ५१ रनको झिनो लक्ष्य पाएको थियो । त्यसलाई भारतले बिना विकेटको क्षति ६.१ ओवरमा पुरा गरेको थियो ।

भारतलाई जिताउन इशान किसनले २३ र शुभमन गिलले २७ रन बनाए । उनीहरु दुवै नट आउट रहे । यसअघि कोलम्बोमा टस जितेर पहिले ब्याटिङ रोजेको श्रीलंका १५.२ ओभरमा जम्मा ५० रन जोड्दा अलआउट भयो ।

भारतका मोहम्मद सिराज एक्लैले ६ विकेट, हार्दिक पाण्डेले ३ र जसप्रित बुमराहले १ विकेट लिए ।

सिराजले ७ ओभरमा १ मेडन राख्दै २१ रन खर्चेर ६ विकेट लिए । हार्दिकले २.२ ओभरमा ३ रन मात्र खर्चेर ३ विकेट लिए । बुमराहले ५ ओभरमा १ मेडन राख्दै २३ रन खर्चेर १ विकेट लिए ।

कुदलिप यदवले १ ओभरमा १ रन मात्र दिए । श्रीलंकाका लागि कुशल मेन्डिसले सर्वाधिक १७ रन बनाए भने दुशान हेमन्था १३ रनमा अविजित रहे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here