वर्तमान सरकार पुँजीवादको यथास्थीतिबाद बाटोमा अघि बढिरहेको झलनाथ खनालको आरोप


२९ भाद्र २०८०, शुक्रबार १७:२५ मा प्रकाशित

काठमाडौ । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले वर्तमान सरकार पुँजीवादको यथास्थीतिबाद बाटोमा अघि बढिरहेको बताउनुभएको छ ।

समाजवादी सहकारी संगठन नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा खनालले सरकारको नीति तथा कार्यक्रममा भूमिसुधार, कृषि क्रान्ति, राष्ट्रिय औधोगिकरणका बिषय समेट्न नसकको र पुँजीवादको यथास्थीतिबादको बाटोमा हिडिराखेकाले जनतामा आक्रोश उत्पन्न भएको बताउनुभएको हो ।

देशको नेतृत्व दिशाहिन बन्दै गएकाले बिकृति पैदा भएको उहाले बताउनुभयो । खनालले पहिलेदेखि स्थापीत पार्टीले काम नगरेका कारण जनताको ध्यान राप्रपा र नयाँ पार्टीहरुप्रति केन्द्रीत भएको जिकिर गर्नुभयो ।

अहिलेको समस्या समाधान गर्न समाजवादको यात्रा गर्नुपर्ने र त्यसका लागि आफ्नो पार्टीले विकल्प दिनसक्नुपर्ने उहाले बताउनुभयो । खनालले समाजवादी व्यवस्था नभएसम्म मुलुकको आर्थिक उन्नती हुन नसक्ने धारणा राख्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here