काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल चिकित्सक सङ्घले घोषणा गरेको यस वर्षको वुमन इन मेडिसिन इन नेपाल २०२३ अवार्डबाट पाँच जना चिकित्सकलाई सम्मान गर्नुभएको छ ।
शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा चिकित्सा क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएवापत राष्ट्रपति पौडेलले डा अर्चना अमात्य, डा गीता शाक्य, डा मीता सिंह, डा कोकिला वैद्य र डा प्रमिला प्रधानलाई सम्मान गर्नुभएको हो ।
त्यस्तै उहाले ‘लाइफ टाइम अचिभमेण्ट अवार्ड’बाट डा दिव्यश्वरी श्रेष्ठ, डा लता बज्राचार्य, डा शोभा अर्याल, डा कस्तुरी मल्ल र डा गीता कार्की रानालाई ट्रफी, दोसल्ला र सम्मानपत्र सहित सम्म्मान गर्नुभयो । कार्यक्रममा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य र शिक्षाजस्ता संविधानले नै नागरिकको मौलिक हकका रुपमा व्यवस्था गरेको विषयका आधारभूत सेवालाई प्रभावकारी रुपमा कार्यान्वन गर्न सरकार गम्भीर रहेको बताउनुभयो ।
उहाले दुर्गम क्षेत्रमा चिकित्सकको अभावलाई हटाउन मन्त्रालयले जनशक्ति परिचालनमा ध्यान दिएको उल्लेख गर्नुभयो ।
मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रमा पर्याप्त दरबन्दी नभएकाले मुलुकमा आवश्यक स्वास्थ्यसम्बन्धी जनशक्ति तयार गर्न ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।