प्रधानमन्त्रीद्वारा संयुक्त राष्ट्रसंघ र चीन भ्रणका बिषयमा शुक्रबार प्रतिनिधिसभा बैठकमा जानकारी


२९ भाद्र २०८०, शुक्रबार १४:१८ मा प्रकाशित

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चीन भ्रमणका क्रममा दुईदेशीबीच परम्परागत घनिष्ट र सहयोगात्मक सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ ।

आफ्नो संयुक्त राष्ट्रसंघ र चीन भ्रणका बिषयमा शुक्रबार प्रतिनिधिसभा बैठकमा जानकारी गराउदै प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्रीको हैसियतमा गर्ने चीनको औपचारिक भ्रमणबाट दुई देशबीच रहिआएको परम्परागत घनिष्ट र सहयोगात्मक सम्बन्ध थप सुदृढ हुने तथा आपसी सहयोगका क्षेत्रहरू थप विस्तार हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।

संयुक्त राष्ट्रसंघमा गर्ने सम्बोधन र चीन भ्रमणको तालिका बीच अत्यन्त छोटो समय रहेका कारण न्यूयोर्कबाट सिधै छिमेकी मित्रराष्ट्र चीनको भ्रमणमा जानुपर्ने परिस्थिति बन्न गएको उहाले बताउनुभयो ।

चीन भ्रमणले नेपाल–चीनबीच विद्यमान द्विपक्षीय सम्बन्ध थप उच्च र प्रगाढ हुने उहाले बताउनुभयो ।  प्रधानमन्त्री प्रचण्डले भ्रमणलाई नेपाल र नेपाली जनताको हित एवं नेपाल चीन सम्बन्धलाई थप मजबुत तुल्याउन सदुपयोग गर्ने प्रयास रहने जिकिर गर्नुभयो ।

चीनमा रहदा हाङ्गजाउमा नै चिनियाँ राष्ट्रपति सी चीनफिसँग भेटघाटको कार्यक्रम रहेको र सोही १९ औं एसियन गेमको समुद्घाटन समारोहमा सहभागी हुने उहाले जानकारी दिनुभयो ।

त्यस्तै प्रधानमन्त्री प्रचण्डले छोङछिङ्ग एकेडमी अफ एग्रीकल्चरल साइन्समा पुगेर अवलोकन गर्ने र छोङछिङ्गको भ्रमण पश्चात नेपालसँग सीमाना जोडिएको चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमणमा जाने कार्यक्रम रहेको बताउनुभयो । त्यसअघि संयुक्त राष्ट्रसंघको महासभामा असोज ४ गते नेपालको तर्फबाट सम्बोधन गर्ने उहाले बताउनुभयो ।

सो अवसरमा नेपालले हासिल गरेका राजनीतिक उपलब्धिहरूबारे अवगत गराउने, शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउने जलवायु परिवर्तनको असरका बारेमा विश्व समुदायको ध्यानाकर्षण गराउने तयारी रहेको उहाले जानकारी दिनुभयो ।

त्यस्तै प्रधानमन्त्री प्रचण्डले सदनमा उठेका बिभिन्न बिषयको जवाफ दिदै अवैध सुन तस्करीको सम्बन्धमा उच्चस्तरीय छानविन आयोग बनाउने प्रक्रिया अगाडि बढेको बताउनुभयो ।

यसैगरी कांग्रेसका नेता महेन्द्र यादवमाथि भएको खुकुरी प्रहारलाई सरकारले गम्भीररुपमा लिएको र आक्रमणकारीलाई प्रचलित कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइएको जानकारी गराउनुभयो ।

यस प्रकारका आक्रमणका घटना हुन नदिन र शान्ति सुव्यवस्था मिलाउन सरकार प्रतिवद्ध रहेको उहाको भनाइ छ । प्रधानमन्त्री प्रचण्डले कान्ति अस्पतालमा उपचार नपाएर बालिकाको मृत्यु भएको घटनामा अध्ययन  प्रतिवेदनका आधारमा आकस्मीक कक्षमा खटिएकाहरुबाट संवेदनशीनता प्रदान गर्न नसकेको बताउनुभयो ।

अस्पतालले सुधार गर्न नसकेका व्यवस्थापकीय कमजोरी नै उपरोक्त प्रकृतिका घटनाका लागि जिम्मेवार रहेको निष्कर्ष रहेको उहाले बताउनुभयो । प्रधनमन्त्री प्रचण्डले यस्ता घटनामा दोषी पाइएकालाई कारवाहीको दायरामा ल्याइने र आगामी दिनमा यस्ता घटना दोहरिन नदिन थप कदम चालिने स्पष्ट पार्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here