काठमाडौ । राष्ट्रियसभाले संविधानसभा अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।
बिहीबार बसेको बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गर्नुभएको उक्त शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।
बैठकले नेम्वाङको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक–सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ ।
भदौ २६ गते हृदयाघातका कारण निधन भएका नेम्वाङको बिहीबार नै अन्त्येष्टि गरिएको छ । राष्ट्रियसभाको अर्को बैठक असोज १२ गते बोलाइएको छ ।