सीमावर्ती गाउँमा दर्ताबिनै चल्छन् भारतीय नम्बरका गाडी


२५ असार २०७६, बुधबार १२:२४ मा प्रकाशित

पर्सा । पर्साका अधिकांश सीमावर्ती ग्रामीण क्षेत्रमा दर्ताबिना नै भारतीय नम्बर प्लेटका गाडी तथा मोटरसाइकलहरूको प्रयोग हुँदै आएका छन् । त्यस्ता सवारी भन्सारमा दर्ता नभईकनै आउने गरेको स्थानीय बताउँछन् ।

भारतको बिहार राज्यसँग सीमा जोडिएको र खुला सिमानाका कारण ती गाउँहरुमा भारतीय नम्बरका गाडी दैनिक आउजाउ गरिरहने उनीहरुको भनाइ छ । सीमापार हुने वैवाहिक सम्बन्ध र किनमेल तथा पेशा(व्यवसायका कारण पनि भारतीय गाडी निर्बाध आउजाउ गर्ने गरेको स्थानीयहरु सुनाउँछन् । ‘रोटी(बेटी’को सम्बन्धका कारण सीमापार व्यवहार यहाँका गाउँहरुमा चल्दै आएको छ ।

जिल्लाका भिस्वा, लङ्गडी, पाखरिया, जानकीटोल, महादेवपट्टी, ठोरीलगायतका सीमावर्ती गाउँहरुका साथै वीरगंज नगर क्षेत्रमा समेत त्यस्ता दर्ताबिनाका भारतीय गाडीको प्रयोग व्यापक हुने गरेको छ । सामान ढुवानीदेखि बिहेबारीका काममा भारतीय नम्बरका गाडी सस्तैमा भाडामा पाइने हुनाले र अन्य बाध्यात्मक अवस्था समेत रहेको हुनाले निर्बाध र दर्ताबिनै त्यस्ता गाडीको प्रयोग हुने गरेको स्थानीयहरु बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here