काठमाडौं । संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन भएको छ ।
बालुवाटारस्थित निवासमै हृदयघात भएपछि उहाँलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको थियो । राति साढे १ बजे हृदयघातपछि अस्पताल पुर्याइएका नेम्वाङको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भइसकेको चिकित्सकले बताएको नेम्वाङका स्वकीय सचिव कृष्ण काफ्लेले बताउनुभयो ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको सल्लाहपछि उहाँको पार्थिव शरीर घर लैजाने तयारी छ । नेम्वाङका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।
एमाले नेताहरू अहिले शिक्षण अस्पताल पुगेका छन् ।