काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले देशलाई आपत पर्दा र जनतालाई समस्या पर्दा माओवादीहरु एक भएर सामना गर्ने बताएका छन् ।
सोमबार समाजवादी मोर्चाले विराटनगरमा आयोजना गरेको कोशी प्रदेशस्तरीय सभालाई सम्बोधन गर्दै उनले देशलाई निकास दिने सन्दर्भमा माओवादी शक्तिहरु, समाजवादीहरु एक हुने बताएका हुन् ।
समाजवादी शक्तिहरु एक भएको खण्डमा अध्यारोबाट कालो सपना देख्ने मानिसहरु समाप्त हुने उनको दाबी छ ।